प्रदेश वान सम्वददाता , ३८३८ पटक हेरिएको

काठमाडौँ । सुर्खेतमा स्कुल बस दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएका छन् । बस दुर्घटना हुँदा विद्यार्थीसहित ११ जना घाइते भएका छन् ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता डिएसपी वीरेन्द्र बीर विश्वकर्माका अनुसार वीरेन्द्रनगरस्थित डिभी निकेतन स्कुलको बस दुर्घटनामा परेको हो ।
विद्यार्थी पुर्याउन जाँदै गर्दा वीरेन्द्रनगर ७ र ८ को बीचमा पर्ने इत्राम खोलामा उक्त बस दुर्घटनामा परेको उनले बताए । खोलामा गाडी तर्न बनाइएको ‘स्लोप’ बाट बस चिप्लिएको उनको भनाई छ ।
कर्णाली प्रदेश ०२–००१ क ०७६९ नम्बरको बस ४ः४० मा खोलामा तर्ने क्रममा चिप्लिएर दुर्घटनामा परेको हो ।
हाल घाइतेहरुको देउती अस्पतालमा उपचार भइरहेको उनले जानकारी दिए ।
प्रकाशित मिति: २०२४-०८-०७ , समय : १९:२७:०५ , ८ महिना अगाडि