१ सय ३५ किलोग्राम गाँजा बरामद

प्रदेश वान सम्बाददाता , ४००६  पटक हेरिएको

विराटनगर,
धनकुटाको साँगुरीगढी गाउँपालिका(६ स्थितबाट लागुऔषध गाँजा बोकेको ट्रक
प्रहरीले नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय भेडेटारबाट
खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा धनकुटाबाट धरान तर्फ आउदै गरेको
को।१ ख ३८०८ नम्बरको मिनि ट्रकबाट १ सय ३५ किलोग्राम गाँजा बरामद
गरेको हो । गाँजा बरामद भए सगै ट्रक चालक शहिदभुमी गाँउपालिका ५ का २८
बर्षीय भुमिराज राई समेतलाई प्रहरीले नियन्त्रणमा लिएको छ । गाँजा बोकेको ट्रक
सहित पक्राउ परेका चालकको जिल्ला प्रहरी कार्यालय धनकुटाबाट थप अनुन्धान
भईरहेको छ ।

प्रकाशित मिति: २०२४-०८-०८ , समय : १२:३३:०३ , ८ महिना अगाडि