प्रदेश वान सम्वाददाता , ३६३०७ पटक हेरिएको

¬ बिराटनगर ,
पुर्वी नेपालमा सुरक्षा निकाय र अवैध कारोबार गर्नेहरुको साँठगाँठ बढेको छ । नेपाल भारतको खुल्ला सिमा को प्रयोग गरेर अवैध कारोबार गर्ने र गराउने हरुको यतिबेला बढ्चस्व बढ्दै गएको छ ।
दैनिक रुपमा लाखौ मुल्यका लत्ताकपडा, सब्जी, गाडिका पार्टस्, गाइबस्तु प्रहरीकै सेटिगमा तस्करी हुने गरेको छ । तस्करीको लाईन चलाउनका लागी लाखौ रुपैया तस्करहरुले प्रहरी, अनुसन्धानका माथिल्लो निकाय सम्म पुग्ने गरेको छ । मोरंगको रंगेलीबाट बिल्ला र तुलसीले कपडाको अवैध तस्करी गरेर रंगेली नजीकै रहेको गोदामा तस्करीको कपडा भण्डार गरी कारोबार गर्ने गर्छन् । बिल्ला र तुलसिले सिवील प्रहरी द्धारा माथिल्लो निकाय सम्म रकम पुर्याउने गर्छन् ।
उनिहरुले ठुलोमात्रामा किराना र चप्पलको समेत अवैध ओसारपसार गर्ने गरेका छन् । केहिदिन अघिमात्रै ठुलोपरीणामको चप्प
ल तस्करी भईरहेको अवस्थामा प्रहरीले पक्राउ गरेको थियो । बेलाबेलामा प्रहरीले तस्करीको सामान पक्राउ गरेपनी बिल्ला र तुलसिले चलाएको लाइन भने कुनैपनी सुरक्षा निकायले रोक्नसक्दैन । यता बरंगा बाट गाई कोरु किरानका सामान पर्वत साहले लाइन चलाएका छन् । उनले चलाउने लाईको रकम प्रहरी सम्म मासिक रुपमा पुग्ने गरेको छ । कपडा र किरानको सामान ओसार्न मासिक रुपमा एक मोटरसाइल प्रयोग गरेबापत १० हजार १० दिनको किस्ताबापत प्रहरले लैजाने गरेको छ । यसरी मोटरसाइकल बाट तस्करी गर्ने हरुको गिरोह दैनिक ५० वटा सम्म छन् । नोचा बाट गाई गोरुको तस्करी नाजीर मियाले गर्ने गरेका छन् ।
बिराटनगरको रानी मटेरुवा, दरैया बाट सबनम, सुरेश, अकबर, चँदनी, साकार, बिनोद लक्ष्मन कुन्दान र मिर्धन ले कपडा र किरानाको कारोबार गर्ने गर्छन । उनीहरुले लाखौ रुपैया सुरक्षा निकायलाई बुझाएबापत तस्करीको लाईन खुल्ला गरीएको हो । यता नयाँ गुद्रीमा रहेको तरकारीको डिलर चलाउन पशुपती भगतले लाईन पाएका छन् । उनले तरकारी प्याज फलफुल लगायतको लाई लिएका छन् । बिराटनगर भन्सार नाकामा तरकारी आयातको रेकर्डनै भेटिदैन तर पुर्वका ठुला सहरलाई धानीरहेको तरकारी भारतबाट अवैध बाटो हुँदै नेपाल आउने गर्छ । लताकपडा अवैध रुपमा बिराटनर भित्रीएपछि एयर्पोटबाट समेत तस्करीको सामाग्री काठमाडौ सम्म पुग्ने गरेको छ । तर तस्करीको लाइन भने अझ धेरै फष्टाएको छ । नेपालमा नेपालीहरुको दशै नजीकै आइसकेको छ । त्यहि दशैलाई लक्षीत गरी यतिबेला तस्कर हरुले दशै मनाई रहेकाछन् । पुर्वी नेपालको अधिकाँश साना ठुला नाका हरु बाट सुरक्षा निकायको सक्रीयतामा तस्करी हुँदा तस्करी गर्ने हरुलाई यतिबेला दशै भन्दा कम भएको छैन । पुर्वी नेपालको बिभिन्न जिल्ला तथा छोटि भन्सारहरु बाट यतिबेला ठुलोमात्रामा लत्ताकपडा तस्करी बढेको हो । यस तर्फ गृहमन्त्रालय किन मुखदर्शक बनेर बसेको भन्ने प्रश्न जन जनमा रहेको छ ।v
प्रकाशित मिति: २०२४-०९-०२ , समय : १३:५७:१९ , ८ महिना अगाडि