सवारी दुर्घटनाबाट १ जनाको मृत्यु

प्रदेश वान सम्वाददाता , ४२३४  पटक हेरिएको

मोरङ, असोज १६  ।
मोरङको बेलबारी नगरपालिका(३ स्थित पुर्व पश्चिम लोकमार्गमा सवारी दुर्घटना
हुँदा १ जनाको मृत्यु भएको छ । असोज १५ गते साँझ पुर्वबाट पश्चिम तर्फ आउदै
गरेको ना। २ ख १४९० नम्बरको बस र बिपरित दिशाबाट आउदै गरेको प्रदेश १ (
०२(००१ ज ४२७७ नम्बरको सुमो गाडी आपसमा ठक्कर लागी दुर्घटना हुँदा
सोमुका चालक बेलबारी नगरपालिका(९ का ३५ बर्षीय कृष्ण थापा गम्भिर घाईते
भएकोमा उपचारको लागी न्युरो अस्पताल बिराटनगर लैजाने क्रममा बाटैमा नै
उनको मृत्यु भएको हो । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय बेलबारीबाट थप
अनुसन्धान तथा कानुनि कारवाही भईरहेको छ ।

प्रकाशित मिति: २०२४-१०-०२ , समय : १३:४८:१४ , ७ महिना अगाडि