प्रदेश वान सम्वादाता , ८३१३ पटक हेरिएको

नेकपा एमालेका स्थायी कमिटि सदस्य तथा कोशी प्रदेशका पुर्व मुख्यमन्त्री शेरधन राईले आफु मुख्यमन्त्री हुँदा पुर्व पहाडि जिल्ला भोजपुरको झ्याउँपोखरी देखि तुम्लीङटार लाई जोडने बाटोको निरीक्षण गर्नु भएको छ ।
करीब २२ किलोमिटरको बाटोका कारण स्थानियलाई सहजता भएपनी पुर्ण रुपमा बाटो बनीसकेका कारण तत्कालै बाटोलाई पुर्णता दिन प्रदेश सरकारलाई पहल गर्ने बताउनु भयो ।
आफ्नो कार्यकालमा ल्याएको योजना अरुण नदीमा बन्ने पुलको अन्योल भएको कारणले परीयोजना ले पुर्णता पाउन नसकेको बताउनु भयो ।
करीब ५१ करोडको लगानीमा बनीरहेको बाटो गत ७९ सामा नै सम्पन्न गर्नु पर्ने थियो । तर ठेकेदार कम्पनीले समेत ढिलासुस्ती गरेका कारण बाटोले पुर्णता पाउन नसकेको हो । अहिले ५ किलोमिटर कालोपत्रे गरेर छोडिएको सडकको ८ किलोमिट अझै गोरेटोको रुपमा मात्रै बिकाश भएको छ । तुर्के पुल बाट झ्याउँपोखरी जोडने बाटो सम्पन्न नहुँदा दैनिक यात्रागर्ने स्थानियहरुलाई सास्ती भोग्नु परेको छ ।
प्रकाशित मिति: २०२४-१०-०६ , समय : २०:२२:२१ , ६ महिना अगाडि