विद्यार्थी परिषद्को आयोजनामा महेन्द्र मोरङमा निबन्ध लेखन प्रतियोगिता

प्रदेश वान सम्वाददाता , ४६१४  पटक हेरिएको

 

विराटनगर । महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस प्रथम वर्षमा अध्यानरत छात्र बिजय कुमार चौधरी प्रथम भएका छन् ।प्राज्ञिक विद्यार्थी परिषद् नेपाल क्याम्पस एकाइ समितिको आयोजनामा भएको निबन्ध लेखन प्रतियोगितामा बिबिएस तेस्रो वर्षमा अध्यानरत छात्रा अञ्जली साह द्वितीय र बिबिएस दोस्रो वर्षमा अध्यानरत छात्रा भुमिका घिमिरे तृतीय भइन् ।‘नेपालको उच्च शिक्षा र विद्यार्थीको अपेक्षा’ विषयमा निबन्ध लेख्न लगाइएको थियो । कार्यक्रममा क्याम्पस एकाइ समिति संयोजक सरोज यादव, सगरमाथा प्रदेश सह–सचिव मुना बिष्ट, परिषद्का राष्ट्रिय सचिव तथा कोशी विभाग संगठन सचिव विवस कटुवाल लगायत विभिन्न संकायमा अध्ययनरत विद्यार्थीहरूको सहभागिता रहेको थियो।

प्रकाशित मिति: २०२४-०७-२३ , समय : ०९:३३:५१ , ९ महिना अगाडि