प्रदेश वान सम्वाददाता , ५१२१ पटक हेरिएको

झापा, मोरङ र झापाको बिभिन्न स्थानहरुबाटप्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । लागुऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको प्रहरीको टोलीलेविराटनगर-१६ स्थितमा चेकजाँचको क्रममाको.१९प८५९२नम्बरको मोटरसाईकलमा सवारमोरङसुन्दरहरैचा नगरपालिका-५का२५बर्षीयअभिषेकचौधरी र सुन्दरहरैचा-४का३० बर्षीय उज्वल सापकोटा लाई ३ ग्राम २४ मिलिग्राम ब्राउनसुगर सहित नियन्त्रणमा लिएको हो । यसैगरी झापाको अस्थायी प्रहरी पोष्ट नयाँबसपार्क बिर्तामोडको प्रहरीटोलीले सिन्धुलीका २८ बर्षीय धन बहादुर बस्नेतलाई ३ ग्राम ५०० मिलिग्राम ब्राउनसुगर सहितरमेचीनगर-६ धाईजनका ३० बर्षीय सोनु तामाङ र २८ बर्षीय शुरेश गुरुङलाई १ ग्राम ८७० मिलिग्राम ब्राउनसुगर सहित इलाकाप्रहरीकार्यालयधुलावारीर लागुऔषध नियन्त्रण ब्युरो काकँडभिट्टाको प्रहरी टोलीलेनियन्त्रणमा लिएको हो ।
यसैगरी इलाकाप्रहरी कार्यालय कुमरखोद झापा बाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममाप्र.१-०१-०१५प७८०८नम्बरको स्कुटरमा सवार कमलगाँउपालिका-१का२९बर्षीयमौसमलिम्बुर३६ बर्षीयासर्मिलाराईलाई ५ ग्राम ५३० मिलिग्राम ब्राउनसुगरसहित नियन्त्रणमा लिएको हो । प्रतिबन्धित लागुऔषध ब्राउनसुगर सहित पक्राउ परेका उनिहरुको सम्बन्धित प्रहरी कार्यालयहरुबाट थप अनुसन्धान भई रहेको छ ।
प्रकाशित मिति: २०२४-०७-२४ , समय : १५:५८:३२ , ९ महिना अगाडि