‘टाइप मिस्टेक’

प्रदेश वान सम्वाददाता , ५४८४  पटक हेरिएको

 धरान खानेपानी व्यवस्थापन बोर्डले चालू आर्थिक वर्षबाट खानेपानीसँग सम्बन्धित महसुल वृद्धिमा जारी गरेको फरक फरक सूचनाका बारेमा कार्यकारी निर्देशक राजु पोखरेलले ‘टाइप मिस्टेक’ भएको दाबी गरेका छन् ।

साउन २ गते १०८ चलानी नम्बरमा सार्वजनिक भएको सूचना र १० राजनीतिक दलहरूले ज्ञापन–पत्र बुझाइसकेपछि सोही चलानी नम्बर र सोही दिनको मिति हालेर जारी गरेको सूचनाको विषयमा कार्यकारी निर्देशक पोखरेलले टाइप मिस्टेक भनी उत्तर दिएका छन् । उनले ब्लाष्टकर्मीलाई भने, “त्यो चाहिँ कसरी आयो भने टाइप मिस्टेक भएछ । निर्णय भएको थियो । निकाल्दा मृतकसँगको बारेको रैन रैछ अनि त्यो (नयाँ) आएको छ । हामीले जानकारी दिने हो अनि चलानी र मिति कसरी अर्को डेटमा हुन्छ ।”

सुरुको सूचनामा मृतकसम्बन्धी कुनै पनि व्यवस्था रहेको थिएन भने १० राजनीतिक दलहरूले ७२ घण्टे अल्टिमेटमसहितको ज्ञापन–पत्र बुझाएपछि भने हतारोमा मृतकको हकमा ५० प्रतिशत छुट हुने भनी उल्लेख गरेको छ । यसलाई नेपाली काङ्ग्रेसका धरान नगर सभापति श्याम पोखरेलले “नीतिगत भ्रष्टाचार” भएको दाबी गरेका छन् ।

कार्यकारी निर्देशक पोखरेलले शुल्क वृद्धिको विषयमा २०७४ पछि नबढेकाले प्रत्येक वर्ष वृद्धि हुने दरका हिसाबमा बढाइएको बताए ।

प्रकाशित मिति: २०२४-०७-२९ , समय : ०९:२५:१७ , ९ महिना अगाडि