प्रदेश वान सम्बाददाता , ३८३३ पटक हेरिएको

एयर डाइनेस्टी हेलिकप्टर दुर्घटना भएको छ । बुधबार दिउँसो १ बजेर ५४ मिनेटमा चारजना चिनियाँ पर्यटक बोकेर त्रिभुवन विमानस्थलबाट रसुवाका लागि उडेका थिए ।
त्रिभुवन विमानस्थलबाट उडेको तीन मिनेटमै अरुण मल्ल्ले चलाएको रसुवाबाट काठमाण्डौ आइरहेको एअर डाइनेष्टीको हेलिकप्टर दुर्घटनामा परेको हो ।
नागरिक उड्ययन प्राधिकरण उपमहानिर्देशक हंसराज पाण्डेका अनुसार एयर डाइनेस्टीको नाइन एन(एजेडी कलसाइन हेलिकप्टर रसुवातर्फ जाने क्रममा दुर्घटनाग्रस्त भएको हो ।
जिल्ला प्रहरी कार्यालय नुवाकोटका सूचना अधिकारी एवम् डीएसपी तिलक भारतीले दुर्घटनास्थलमा जलेको अवस्थामा पाइलटसहित पाँचजनाको शव भेटिएको पुष्टि गरे ।
डीएसपी भारतीका अनुसार हेलिकप्टरमा सवारमध्ये दुईजना पुरुष र दुईजना महिलाको शव भेटिएको छ । पाइलटको पनि शव घटनास्थलमा भेटिएको छ । एउटा शव चाहिँ धेरै जलेकाले पहिचानमा कठिनाइ भएको उनले बताए ।
को को थिए रु
क्याप्टेन अरुण मल्ल
चिनियाँ पर्यटकहरू जुदाड टाङ , जिली ,जेमिङ सी , यियाद वु रहेका छन्
प्रकाशित मिति: २०२४-०८-०७ , समय : १५:४६:४७ , ८ महिना अगाडि